काठमाडौँ । बन्द भएको नयाँ लाइसेनस आवेदन कार्तिक दोस्रो सातादेखि खुला हुने भएको छ ।
करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ ।
गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको संख्या दैनिक आठ हजार थियो ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. भुसालले जानकारी दिए ।
विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागूू गरिएको थियो । राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकेको उनले बताए । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको संख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।









तपाईको प्रतिक्रिया