काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

प्रमुख विशेषज्ञका रुपमा कार्यरत डा.सिंहले महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

डा. सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारीको पत्र दिइएको छ ।

यसअघि निमित्त महानिर्देशक डा.आरपी बिच्छाको सेवा अवधि सकिएको छ ।