जलेश्वर । जनता समाजवादीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शासकीय स्वरुपमा आमूल परिवर्तन नभए भ्रष्टाचार नियन्त्रण नहुन सक्ने बताए ।
आइतबार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ९ पर्कौलीमा वडा अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा जसपाका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा वडा कार्यालय भवन, सार्वजनिक दलान तथा ब्रह्म कुमारी को ॐ शान्ती भवनको उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले देशको राजनीतिक, सामाजिकसंगै आर्थिक परिवर्तनका आवश्यकता रहेको पनि बताएका छन् ।
अध्यक्ष यदवले,‘ प्रत्यक्ष निर्वाचित राष्ट्रपति र विशेषज्ञको मन्त्रीमण्डल जसपाको लक्ष्य रहेको बताए । उनले भने, ‘न्याय प्रणालीमा समेत व्यापक परिवर्तनको खाचो रहेको छ । न्याय प्रणालीलाई संघीयतामुखी बनाउनु अबको गन्तव्य रहेको बताए । समाजिक रुपान्तरणको प्रमुख बाधक जातिवादको जग नउखेलेसम्म समाज परिवर्तन नहुने बताएका बताउँदै कृषि प्रधान देशमा किशानको विशेष महत्व रहेको उल्लेख गरे ।
कार्यक्रममा पुर्व माओवादीबाट वडा अध्यक्षका प्रत्यासी इदरिश अन्सारीगरि विशेष प्रवेशसहित विभिन्न पार्टी परित्याग गरी ३०० भन्दा बढी कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।
कार्यक्रमा पुर्वमन्त्री हरिनारायण यादव , निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव , निवर्तमान प्रदेश आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोजसिंह कुशवाहा, ॐ शान्ती समाजकी दादिमाको विशेष उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया