जनकपुरधाम । महोत्तरीमा हारेका उम्मेदवार पुनः मतगणना हुँदा रमेशकुमार राय विजयी भएका छन् ।
जिल्लाका सिस्वा नगरपालिका वडा नम्बर–१० मा चार वर्ष पश्चात पुनः मतगणना हुँदा पराजित राय विजयी भएका हुन् ।
उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आइतबार पुनः मतगणना हुँदा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारी दिएका रायको पक्षमा २६८ मत आएको हो ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ ।









तपाईको प्रतिक्रिया