काठमाडौं । सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो ।
छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल झण्डै डेढ वर्ष बाँकी रहेकाले यसबारे दलीय सहमति जुटाएर सरकारले रिक्त स्थानमा उपनिर्वाचनबारे निर्णय लिन लागेको हो । साभार रातोपाटी









तपाईको प्रतिक्रिया