काठमाडौं । चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।

सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो चरणमा आज १० लाख २० हजार डोज खोप आएको ढुङ्गानाले जानकारी दिए । खोपलाई टेकुस्थित भण्डारणमा राखिनेछ ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको उनले बताए ।