काठमाडौं । विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको हो ।
विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन् ।
उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो ।
एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ। यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन्। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।









तपाईको प्रतिक्रिया