काठमाडौं । सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १३.०४ अंकले बढेर २७ सय ८२.१६ विन्दुमा अडेको छ । कारोबारको अघिल्लो दिन बुधबार १८ अंकले बढेको नेप्से बिहीबार १३ अंकले बढेको हो ।
यसदिन बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ मूल्यमा खरिदबिक्री भयो ।
बुधबार २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो। कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सेयरमूल्य ओरालो लागेको छ। बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, निर्जीव विमा र सामूहिक लगानी कोषको परिसूचक घटेको हो ।
यसदिन अन्यको २.५३, जलविद्युत २.२१,वित्तको २.४३ प्रतिशतले शेयर मूल्य बढेको छ। बाँकी अन्य समूहको पनि शेयर मूल्य बढेको छ । यसदिन एउटा मात्र कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मात्रै शेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै मनकामना स्मार्ट लघुवत्तीय वित्तीय संस्था र हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ ।
यसदिन कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २९ करोड १९ लाख मूल्य बराबरमा सेयर खरिदबिक्री भयो ।









तपाईको प्रतिक्रिया