जनकपुरधाम । हंसपुर नगरपालिकामा नागरिक आरोग्य आयुर्वेद अस्पतालको शिलान्यास भएको छ ।
धनुषा जिल्लाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलद्वारा शुक्रबार एक कार्यक्रमका बीच नागरिक आरोग्य आयुर्वेद अस्पताल भवनको शिलान्यास भएको हो ।
हंसपुर नगरपालिका स्थित वडा नं ८ रामनगरामा नागरिक आरोग्य सेवा केन्द्र भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत
रहेका नगर प्रमुख मण्डलले यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले आरोग्य सेवा केन्द्रको शिलान्यास गरेको बताए ।
उक्त शिलान्यास कार्यक्रममा स्थानीयहरुले नगर प्रमुख मण्डलले एतिहासिक कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै दीर्घकालिन विकास निर्माणका कार्य गर्ने छन् भन्ने विश्वास व्यक्त गर्दै धन्यवाद सहित प्रशंसा समेत गरेका थिए ।
जिवछ मण्डलको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा विभिन्न पार्टीका नेताहरु, नगर संयोजक पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया