काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानम फसेका सबै नेपालीहरुको उद्दार गरेको जनाएको छ ।
मन्त्रालयले अफगानिस्तानबाट हालसम्म ९ सय ४० जना नेपालीहरुको उद्दार गरेको जनाएको छ ।
शनिबार फर्किएका ३२ जनासहित अफगानिस्तानबाट ९ सय ४० जना नेपालीलाई उद्दार गरिएको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
शनिबार बिहान उद्दार गरिएका ३२ जना नेपालीहरु अवैध ढंगले विभिन्न समयमा अफगानिस्तान पुगेका थिए । अफगानिस्तानमा अब राष्ट्रसंघमा कार्यरतबाहेक अन्य नेपाली नागरिकहरु नभएकोसमेत परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक काममा संलग्न थोरै संख्याका नेपाली मात्र अफगनिस्तानमा रहेका छन् । राष्ट्रसंघ कार्यालयले आफ्ना नेपाली कर्मचारी माथि कुनै सुरक्षामा जोखिम भए तुरुन्त नेपाल फिर्ता पठाउने बचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढे लगत्तै परराष्ट्र मन्त्रालयले उद्दार कार्य सुरु गरेको थियो । अमेरिकी सेनाले आफगानिस्तान छाडे लगत्तै त्यहाँ तालेबानीहरुले सत्ता कब्जा गरेका थिए । अहिले अफगानिस्तानमा राजनीतिक र मानवीय संकट तीब्र गतिमा चुलिएको छ । साभार अन्नपूर्णपोष्ट









तपाईको प्रतिक्रिया