राष्ट्रिय वाणिज्य बैंकले सहायकदेखि अधिकृत स्तरका लागि आवेदन खोलयो
काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ ।
आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो ।
अनलाइन आवेदन सोमबारदेखि दिन मिल्ने छ ।
यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ । लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ । परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख हुनेछ ।
अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।









तपाईको प्रतिक्रिया