काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ‘हामीबीच भएको भद्र सहमतिअनुसार नै महेन्द्रजीले राजीनामा दिनुभएको हो, अब मेरै नेतृत्वमा नयाँ सरकार बन्छ,’ शाहीले भने ।
राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको बताए । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ ।









तपाईको प्रतिक्रिया