जापानको एक रेलभित्र अन्धाधुन्ध चक्कु प्रहार हुँदा कम्तीमा १७ जना घाइते भएका छन् ।
राजधानी टोक्योमा आइतबार साँझ एक व्यक्तिले चक्कु प्रहार गरेका हुन्। घटनामा संलग्न एक २४ वर्षीय युवकलाई जापान प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चक्कु प्रहार गर्ने व्यक्ति जोकरको पोशाक लगाएका थिए ।
सोही पोशाक लगाएर उनले अन्धाधुन्ध रेलका यात्रुहरुलाई लक्षित गर्दै चक्कु प्रहार गरेका थिए । उनले एक ७० वर्षका पुरुषमाथि समेत चक्कु प्रहार गरेका छन् । रेलभित्र जथाभावी चक्कु प्रहार हुन थालेपछि भागदौड मच्चिएको थियो । यात्रुहरु झ्यालबाट हाम फालेका थिए भने कतिपय यात्रुहरु रेलको स्टेशन प्लेटफर्ममा भागेका थिए । लगत्तै आपतकालीन अवस्थामा गुडिरहेको रेल रोकेको थियो ।









तपाईको प्रतिक्रिया