मंगलवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।
त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ ।
पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।









तपाईको प्रतिक्रिया