TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपालबाट भारतमा विद्युत् बेच्न सुरु, पहिलो चरणमा ३९ मेगावाट निर्यात


विश्व बैंक दुई प्रसारणलाइनबाट पछि हट्दै
ADVERTISEMENT

नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।


गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो । अब निर्यात पनि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।

अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न थालिएको छ ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकाेशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकाेशी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमतिका लागि समेत आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि भारतीय बजार विद्युत् निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको बताउनुभयो ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गर्ने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुनेछ ।

प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात हुनेछ । प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्नेछ ।

एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण बेलुका ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तलब नपाएकाे भन्दै छिन्नमस्ता गाउँपालिकाका शिक्षकलगायत कर्मचारी आन्दाेलनमा

तलब नपाएकाे भन्दै छिन्नमस्ता गाउँपालिकाका शिक्षकलगायत कर्मचारी आन्दाेलनमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य