बिहीवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश नं १, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।









तपाईको प्रतिक्रिया