काठमाडौं । कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिकाइ चौतारीको शुभारम्भ गरेका हुन् । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै रहेका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरि तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको हो ।
शुभारम्भ गर्दै मन्त्री पौडेलले दुरदराजका विद्यार्थीलाई लक्षित गरि कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताए । ‘सहरमा प्रविधिको विकास भइसकेको छ,’मन्त्री पौडेलले भने,‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सकून ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाइ केन्द्रको सुरुवात भएकोमा खुसी व्यक्त गरिन् । ‘वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको छु,’ उनले भनिन्, ’विद्यार्थीको थप आकर्षण हुने विश्वास लिएको छु ।’
सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पु¥याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए । साभार अन्नपूर्णपोष्ट









तपाईको प्रतिक्रिया