अरबिन्द सिंह
धनुषा । मोटरसाइकल दुर्घटनामा घाइते युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
बटेश्वर गाउँपालिका वडा नं. १ बस्ने रामप्रकाश महतोको १७ वर्षीय छोरा रमेश कुमार महतोको उपचारको क्रममा सोमबार बिहान विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते दुइ जना उपचाररत छन् ।
जिल्लाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा दिपावलीको दिन भएको दुर्घटना कुसुमविसौना बटेश्वर सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको बा. ७५ प. ५५२० सुपर स्पलेन्डर मोटरसाइकलमा उत्तरतर्फबाट आउँदै गरेको प्र.२–०२–००२ प ११७० नम्बरको २२० पल्सर मोटरसाइलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पल्सरले दिएको ठक्करबाट सुपर स्पलेन्डर मोटरसाइकलमा सवार भई दिपावलीको समान किन्न गएका बटेश्वर गाउँपालिका–१ चित्रपुर लवकुशचोक बस्ने अन्दाजी १७÷१८ वर्षीय रमेश कुमार महतो र १६÷१७ वर्षीय रंजित कुमार महतो र पल्सर मोटरसाइकलको पछाडि सवार मिथिला नगरपालिका–८ बस्ने १९ वर्षीय अभिषेक कुमार महतो गम्भिर घाइते भएका थिए ।
ठक्कर दिने पल्सर मोटरसाइकलका चालक मिथिला नगरपालिका–८ बस्ने २० वर्षीय कृष्णकुमार महतो सकुशल रहेका छन् । महतोलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले कार्तिक १८ गतेनै पक्राउ गरेको छ । तिव्रगतिका कारण २२० पल्सर मोटरसाइकलका चालकले गाडी नियन्त्रण गर्न नसक्दा ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
घाइतेहरुमध्ये रंजित कुमार महतो र अभिषेक कुमार महतोको अवस्था समेत चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यालयले ढल्केवरले जनाएको छ ।









तपाईको प्रतिक्रिया