हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था 
हाल देशको गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य बदली  र बाँकी भूभागमा मौसम सामान्यतय सफादेखि आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।

मंगलवार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।