काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका हुन् ।
नव नियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए ।
नेकपा माओवादीका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेलले लिएका हुन् । लामा पहिलो पटक मन्त्री बनेका हुन् ।









तपाईको प्रतिक्रिया