जनकपुरधाम । धनुषाको देवपुरा रुपैठामा एक दिने निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० अवस्थित देवपुरा रुपैठा मा जिल्ला प्रशासन कार्यालय धनुषाले साम्प्रदायिक सद्भावमा खलल पुग्नेगरी नारा जुलुस भइरहेकोले शान्ति सुरक्षाका लागि तत्काल निषेधाज्ञा जारी गरेको हो ।
उक्त स्थानमा घेराउ, र्याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिनको २ बजेदेखि आइतबार राति १० बजे सम्मका लागि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
पूर्वमा जलाध नदिको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जानेबाटो र दक्षिणमा देवपुरा निमचोक देखि बहुअर्वा जाने बाटोसम्मको स्थान भित्र निषेधाज्ञा लागू गरिएको छ ।
साम्प्रदायिक विवाद उत्पन्न हुन नदिन निषेधाज्ञा लागू गरेको जनाइएको छ ।










तपाईको प्रतिक्रिया