जनकपुरधाम । महोत्तरीमा यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
बर्दिवास नगरपालिका मराहा खोला नजिक शनिबार साँझ बस दुर्घटना हुँदा २० जना घाइते भएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।
घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा भइरहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
गौशालाबाट काठमाडौं तर्फ जादै गरेको ना ५ ख ३०९९ नं को उग्रतारा ट्राभल्स बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको थियोे ।









तपाईको प्रतिक्रिया