टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ।

आइतवार दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।

उसका लागि कप्तान केन विलिम्सनले सर्वाधिक ८५ रन बनाए। यस्तै मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३ तथा ड्यारेल मिचेलले ११ रन जोडे।

बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलउडले तीन तथा आदम जाम्पाले एक विकेट लिए।

१७३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्दै उपाधि कब्जा गर्‍यो। अष्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ७७ , डेभिड वार्नरले ५३ र ग्लेन म्याक्सवेलले २८ रन जोडे।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए।