मंगलवार प्रदेश  १ लगायत अन्य प्रदेशका पहाडी  भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेकाे महाशाखाकाे भनाइ छ ।

त्यस्तै, राती देशको पहाडी भूभागहरुमा आंशिक बदली  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडाे बढ्ने क्रम जारी छ । चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुराेध गरेकाे छ।