जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले केपी ओली गुट मधेश र राष्ट्र विरोधी भएको अरोप लगाएका छन् ।
बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूले मधेशका जनतालाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी गरे ।
‘केपी ओली र एमाले गुट मधेश र राष्ट्रविरोधी हो,’ प्रचण्डले भने, ‘मैले संशोधन प्रस्ताव दर्ता गर्दा पारित हुन नदिने खलनायक केपी ओली थिए । केपी ओली जस्तो मधेश र राष्ट्रविरोधी ओलीको पक्षमा लागेर महन्थ ठाकुरहरू सरकारमा गए । अब पनि भन्नुपर्छ को मधेश विरोधी हो ?’
उनले उलने भने आफूलाई मधेशको मसिहा भन्नेहरुले केपी ओलीका आगाडी घुँडा टेकेका थिए । प्रचण्डले माओवादीविरुद्ध मधेशमा फैलाउन खोजिएको भ्रम टुटेको भन्दै प्रदेश २ मा माओवादी १ नम्बर पार्टी बन्ने समेत दाबी गरे । साभार नेपाल प्रेस









तपाईको प्रतिक्रिया