TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रेल्वे जग्गाको मुआब्जा पुनरावलोकन नहुने


रेल्वे जग्गाको मुआब्जा पुनरावलोकन नहुने
ADVERTISEMENT

जयनगर–जनकपुर–बर्दिबास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने भएको छ ।


गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत भदौ–२ गते प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी निर्णय न्यायोचित रहेको जनाउँदै पुनरावलोकनको आवश्यकता नरहेको जनाएको हो । यसअघि गत भदौ–२ गते गोरखापत्रमा प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी मूल्यमा चित्त नबुझेको भन्दै महोत्तरी बर्दिबासका जग्गाधनीले भदौ १३ गते गृहमन्त्रीसँग पुनरावलोकनको लिखित माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गृह मन्त्रालयले पुनरावलोकन नहुने जानकारी पठाएको पुष्टि गरेको छ । जयनगर–जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे रेखाङ्कन तथा स्टेशन क्षेत्रमा परेको जग्गाको अधिग्रहण गर्ने सम्बन्धमा जिल्ला मुआब्जा निर्धारण समितिले भदौ–२ गते सूचना प्रकाशित गरेर मुआब्जा निर्धारण गरेको थियो । “हामीले मूल्य निर्धारण गरेर सूचना प्रकाशित गरेका थियौं”, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भन्नुभयो, “त्यसपछि गृहमन्त्रीसमक्ष पुनरावलोकनका लागि माग भएको सुनिएको थियो, अब पुनरावलोकन हुन नसक्ने जानकारी गृहमन्त्रालयबाट आएको छ ।” अब यसबारे आवश्यक कार्य अघि बढाउन रेल विभागलाई खबर गरी सकिएको न्यौपानेले स्पष्ट पार्नुभयो । सरकारले दुबै तर्फ (जयनगर– जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे) को रेल्वे सेवा विस्तारका लागि बर्दिबासका १५३ परिवारको ५९ बिघा जग्गा अधिग्रहण गरेको छ ।

जिल्ला मुआव्जा निर्धारण समितिले रेल्वेले रोक्का राखेको बर्दिबास–१, २ र १४ का जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम ८१ लाखसम्म प्रतिकठ्ठा मूल्य निर्धारण गरेको छ । बर्दिबास नगरपालिका १, २ र १४ मा रेल्वे लिक र स्टेशन निर्माणका लागि सरकारले किसानको ५९ बिघा जग्गा सात वर्षदेखि रोक्का राखेको छ । महोत्तरीको बर्दिवासमा मुआब्जा विवादको कारण स्टेशन र रेल ट्र्याकका निर्माण कार्य अघि बढ्न सकेको छैन । यसअघि जयनगर–जनकपुर– बर्दिवास रेल्वेमा पर्ने महोत्तरीका भङ् गाहा नगरपालिका–४ (साविक भङ्गाहा गाविस–३ र ४) र बर्दिबास नगरपालिका–६ र ७ (साविक किसाननगर गाविस) को मुआब्जा निर्धारण गतवर्ष २०७७ मा भएको थियो । यद्यपि हालसम्म मुआब्जा माग गरी कसैले कानूनअनुसार दाबी भने नगरेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर अन्तर्गत दोस्रो खण्ड धनुषाको कुर्थादेखि महोत्तरीको भङ् गाहा नगरपालिका–५ बिजलपुरा स्टेशनसम्म लिक विच्छ्याउने र स्टेशन भवन तयार गर्ने काम सम्पन्न भइसकेको छ । तेस्रो खण्ड (बिजलपुरा स्टेसनदेखि बर्दिबाससम्म) १८ किलोमिटर दूरीमा भने अझै काम सुरु भएको छैन । मुआब्जा पुनरावलोकन नहुने जनाएपछि बर्दिबासका जग्गाधनीले भने आपूmहरूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१२ मा सम्झौता भई सुरु भएको यो राष्ट्रिय महत्वको आयोजना कहिले पूरा हुने भन्ने सर्वसाधारण दिनकुरेर बसेका छन् ।

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटरमध्ये ५१ किलोमिटरमा सबै निर्माण कार्य सम्पन्न भएर रेल डिब्बा र इञ्जिन पनि खरिद भई नेपाल ल्याई सकिएपनि दक्षजनशक्तिको परिपूर्ति हुन नसक्दा र तत्सम्बन्धी कानुन बनिनसक्दा सेवा भने सञ्चालन हुन सकेको छैन ।रासस

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अब गाडी किन्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

अब गाडी किन्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य