जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भएका विरामीहरुलाई कम्मल वितरण गरेका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गराएका विरामीहरुलाई प्रदेश मन्त्री साहले आज बिहान कम्मल वितरण गरेका हुन् ।

मन्त्री साहले एक कार्यक्रममा सहभागी हुँदै सफल शल्यक्रियाको शुभकामना दिदै विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो उपहार स्वरुप जाडो मौसममा ४६ थान कम्मल वितरण गरेका छन् ।
शल्यक्रिया गराउने ४६ जना विरामीहरुमा भारतबाट उपचार गर्न आएका विरामीहरुको पनि सहभागिता रहेको थियो ।
निः शुल्क उपचार पश्चात घर फर्किने बेला न्यानो उपहार स्वरुप कम्मल पाएका विरामीहरुले प्रदेश मन्त्री साहलाई धन्यवाद समेत दिएको थिए ।

उक्त वितरण कार्यक्रममा कम्मल प्राप्त गर्नेमा नेपाल लगायत भारतकाबाट उपचार गर्न आएका विरामीहरु पनि थिए ।









तपाईको प्रतिक्रिया