जनकपुरधाम । प्रदेश २ का भौतिक प्रर्वाधार विकास मन्त्री रामसोज यादवमाथि दुव्र्यवहार प्रयास बारे समाचारलाई मन्त्रीका सल्लाहकार जिवनाथ चौधरीले निराधार रहेको दाबी गरेका छन् ।
धनुषास्थित मुसहरनियाँ मुसहरनिया गाउँपालिकामा वडा नं. ५ र ६ को कांग्रेस वडाअधिवेशनका क्रममा भएको केही स्थानीय युवाबीच भएको विवादलाई बुधबार केही समाचार माध्यमहरुमा विनाप्रमाण समाचार सम्प्रेषण भएको सल्लाहकार चौधरीले बताए ।
चौधरीले भने, ‘ स्थानीय युवाहरुमा क्रियाशील सदस्यताको विषयलाई लिएर केहि भनाभन् भएपछि विवाद साम्य बनाउन मन्त्री यादवले
प्रहरीलाई जानकारी दिनु भएको थियो, तर त्यही कुरालाई केही संञ्चार माध्यमहरुले अर्कै ढंगले प्रस्तुत गरेका मात्र हुन् । उनले भने, ‘मन्त्री यादवलाई हातपात गरेको कुरा गलत हो ।’
मुखियापट्टी मुसहरनियाँ मन्त्री यादवको गृह गाउँ हो । कांग्रगेस वडा अधिवेशनका लागि मन्त्री यादव आफ्नो गृहगाउँ मुखियापट्टी मुसहरनियाँ पुगेका थिए ।









तपाईको प्रतिक्रिया