जनकपुरधाम । शहिदनगर नगरपालिकामा सबै वडामा माओवादी नेतृत्वको सर्वसम्मत चयन भएको छ ।
देशभर एकैसाथ भएको माओवादी केन्द्रको वडा अधिवेशन प्रदेश २ को धनुषा जिल्लास्थित शहिननगर नगरपालिकाका ९ वटै वडामा सर्वसम्मत माओवादी नेतृत्व चयन भएको हो ।
शनिबार देशभरी भएको वडा अधिवेशनमा उक्त पालिकाका वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको प्रदेश कमिटी सदस्य एवम् शहिदनगर नगरपालिका नगर प्रमुख उदयकुमार बरबरिया यादवले जानकारी दिनुभयो ।
माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले केन्द्रले जनाएको छ ।
माओवादीले मङ्सर ११ गते पालिका र २५ गते प्रदेश स्तरीय सम्मेलन गर्ने भएको छ ।









तपाईको प्रतिक्रिया