प्रदेश २ को पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिकामा धान झार्ने थ्रेसरले च्यापीएर ८ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला अवस्थित गाउँपालिकाको वडा नम्बर ६ माधवपुरमा थ्रेसरले च्यापीएको बालकको आइतबार मृत्यु भएको छ । ओमबाबु भुटेश्वर साहका छोरा हुन् ।
शनिबार राति ना६त ५०४५ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो ।
थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । साभार इ न्यूज ब्युरो









तपाईको प्रतिक्रिया