नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
सोमबार बोलाइएको बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यस्तै बैठकले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
चितवनमा यही मंसिर १० गतेदेखि १२ गतेसम्म आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।









तपाईको प्रतिक्रिया