जनकपुरधाम । सबैला नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापतिमा प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत प्राप्त गरी खटरु यादव निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको १४ औं नगर अधिवेशनमा धनुषाको सो पालिकामा भएको निर्वाचनमा नव निर्वाचित सभापति खटरु यादवको पूरै प्यानल विजयी भएको हो ।
मंगलबार भएको निर्वाचनमा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रणलीबाट खटरु यादव १४८ मत प्राप्त गरी भारी मतले विजयी भएको उनका भतिजा राम उदगार यादवले जानकारी दिए ।
सभापतिमा विजयी भएका यादवको प्रतिद्वन्द्वी रामलखन यादवले भने ७२ मत प्राप्त गरेका थिए ।









तपाईको प्रतिक्रिया