प्युठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ ।
मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।
मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन् । घाईतेहरुको उपचार भइरहेको जनाइएको छ ।
अहिले स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनले भने ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको थियो ।
निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । यो समाचार मङ्सिर ७ गते ई कान्तिपुरमा सम्प्रेषण भएको छ ।









तपाईको प्रतिक्रिया