काठमाडौं । बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ ।
त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको एटिआर–७२ विमान बुधवार साँझ करिब सात बजेर सात मिनेट जाँदा नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो ।
अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किए पनि विमान र यात्रु सकुशल रहेको र विमानमा सामान्य क्षति भएको प्रहरी अधिकारीले बताएका छन् ।
यसअघि सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोकिएका थिए ।









तपाईको प्रतिक्रिया