जनकपुरधाम । धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक परिवारको घरमा आगलागि हुँदा ५० लाख बराबरको क्षति भएको छ ।
मुखियापट्टी मुसहरनिया वडा नं. ५ बेला टोलस्थित घर भएका रामअशिष यादवको घरमा बिहिबार राति करिब ९ बजे सटसर्किटबाट आगलागि हुँदा ५० लाग बराबरको क्षति भएको हो ।
आगलागिबाट घरको सम्पूर्ण सामान सहित नगद १२ लाखसमेत जलेर नष्ट भएको बताउनु हुन्छ घरधनी यादव । पाँच वटा कोठा भएके घर थियो सबै सामान अन्न लगायत सबै जल्यो उहाँले भन्नुभयो ।

शुक्रबार विहान प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव स्थलगत निरिक्षण सहानुभुति दिनुभएको थियो भने शनिबार विहान पिडित परिवारलाई राहत स्वरुप नेपाल भारत महिला मैत्री समाजद्वारा मन्त्री यादव, मन्त्रीका सल्लाहकार जिवनाथ चौधरी लगायतको उपस्थितिमा टेन्ट हाउस, त्रिपाल, कम्बल प्रदान गरिएको छ ।
त्यसैगरी रेडक्रस सोसाइटी जनकपुरले रासन लगायतका सामानहरु उपलब्ध गराएको थियो ।
विस्तृत विवरण आउन बाँकी छ ।









तपाईको प्रतिक्रिया