धनुषा ३ बाट उपसभापति निधिसहित सम्पूर्ण महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट महाअधिवेशन प्रतिनिधिमा सर्वसम्मतिले चयन भएका छन् ।
आइतबार सम्पन्न भएको धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उपसभापति निधि पत्नी अनामिका निधि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद् शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मत निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिमा कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, बजरंग साह, जिवनाथ चौधरी, किशोरी साह, संजय गुप्ता, रामबाबु यादव, दिनेश चन्द्र दिपक, गणेश तिवारी, सुरेन्द्र चौधरी, दिगम्बर राय, अनामिका निधि, मिनाक्षी झा, निलम कर्ण, सम्झना बर्मा, विजेता झा, प्रमिला दास, मो.सोएब इत्यादि, धनिकलाल दास, मिनु केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
