जनकपुरधाम । कमला नगरपालिका १० दिनको तालाबन्दिपछि भोलीदेखि खुल्ने भएको छ ।
धनुषा जिल्लाको पूर्वी क्षेत्र कमला नदीसँग जोडिएको पालिकाका नगर प्रमुख राम उदगार गोइतसँग बिहिबार अबेर रातिसम्म बसेको बैठकले विभिन्न सहमति पश्चात विद्यार्थीहरुले पालिकाको ताला भोलीदेखि खोल्ने निर्णय भएका हुन् ।
शिक्षा शाखाले अभिभावक बैठक बोलाएर समस्या समाधानको लागि पहल थालेपछि समस्या समाधान गरिएको हो ।
उक्त पालिका वडा नं. १ माँगरास्थित माध्यमिक विद्यालय व्यवस्थापनमा केहि समस्या देखिएपछि सोही विद्यालयका विद्याथीहरुले
पठनपाठनमा समस्या आएको भन्दै पालिकाले समस्या समाधान गर्नुपर्ने माँग राख्दै मङ्सिर ६ गतेदेखि सोही पालिकामा तालाबन्दि गरेका थिए ।
तालाबन्दि गरेको साँझ सोही पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रकुमार सढानले ल्टिमेटमसहितको छलफलमा आउन पत्र पठाएका थिए । साभार इ न्यूज ब्यूरो









तपाईको प्रतिक्रिया