TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरमा मासु, मदिरा तथा लागु पदार्थको सेवन तथा बिक्री वितरण रोक


जनकपुरमा मासु, मदिरा तथा लागु पदार्थको सेवन तथा बिक्री वितरण रोक
ADVERTISEMENT

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाम नगर क्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र बिक्रीमा रोक लगाइएको छ ।


जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले बिहीवार सूचना जारी गरी मङ्सिर १७ गतेदेखि सुरु हुने सीताराम विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण गर्न पूर्ण निषेध गरिएको जानकारी दिएका छन् । शुक्रबारदेखि सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव सुरु हुँदैछ । यसैबीच विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधामस्थित जानकी मन्दिरलाई दुलही झै श्रृङ्गारिएको छ । मिथिलाको उत्सवमध्ये विवाह पञ्चमी महोत्सवलाई महामहोत्सवको रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा भगवान् रामसीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महामहोत्सव मनाउँदै आइएको छ । विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । मन्दिर प्राङ्गणमा कार्यक्रमको लागि स्टेज बनाउनेदेखि लिएर जानकी मन्दिर तथा मुलद्वारहरु सजाउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । उनले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताए । विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पण्डाल निर्माण, स्वागत गेट निर्माणलगायत कार्य तीव्र रुपमा भइरहेको महन्थ बैष्णवले बताए ।

अघिल्लो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित भएको थियो । यस वर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमिति गठन गरिएको जनाएको छ । विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, यातायात, बजार, रङ्गभूमि मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्तिसहितका समिति गठन गरिएको महन्थ बैष्णबले जानकारी दिए । भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने चलन रहेको छ । त्यसैले यसपटक औपचारिक रुपमा जन्ती नआएपनि साधुसन्त र ठूला महन्थ जन्तीकै रुपमा आउने महन्थ बैष्णवको भनाइ छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र मङ्सिर २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय भएको महन्थ बैष्णवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आजको मौसम : देशभरका उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहने

माैसम : हिमाली र उच्च पहाडी भेगमा हिमपात हुने, तीन प्रदेशमा हल्का वर्षाकाे सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य