जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत श्रमिकहरुको अवस्थामा सुधार नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।
समाजबादी ट्रेड युनियन महासंघ मधेस प्रदेश समिती द्वारा शनिबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले प्रजातन्त्र स्थापना पछि गठित काँग्रेस कम्युनिस्ट सरकारले मुलुकमा भएका उद्योगहरूलाई ध्वस्त बनाएका कारण श्रमिकहरुको अवस्था दयनिय बनेको बताउनुभयो ।
काँग्रेस कम्युनिस्ट निकट ट्रेड युनियनका नेता हरु श्रमिकको सट्टा राजनितिक दल र मालिकहरुको दलालिमा ब्यस्त भएको आरोप लागाउनु हुँदै अध्यक्ष यादवले समाजवादी ट्रेड युनियनका नेताहरुलाई त्यस्ता प्रवृत्तिबाट जोगिदै मजदुरको पक्षमा आवाज बुलन्द गर्न निर्देशन समेत दिनुभयो ।
बन्द कारखानाहरु अबिलम्ब संचालन हुनु पर्ने माँग गर्नु हुँदै अध्यक्ष यादवले परम्परागत कृषि क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो
युनियनका प्रदेश अध्यक्ष फुलगेन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी ट्रेड युनियनका केन्द्रिय अध्यक्ष लाल ध्वज नेम्बाङ , जसपाका केन्द्रिय सदस्य एवं जनकपुरधामका नगर प्रमुख लाल किशोर साह , केन्द्रिय सदस्य तथा भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य उर्मिला साह, जसपा प्रदेश अध्यक्ष रामबाबु यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव सहितका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।









तपाईको प्रतिक्रिया