काठमाण्डौं,२० मंसिर । गायक तथा सर्जक मोतिराज खनालले “पैसाको बिटो” नामक लोकदोहोरी गीतको भिडियो दर्शक समक्ष ल्याएका छन । गायक खनालको शब्द तथा लयमा आधारित गीती एल्बम “पैसाको बिटो”मा गायक खनाल र गायिका लक्ष्मि खड्काको मिठो आवाज सुन्न सकिन्छ । अत्यन्त मर्मस्पर्सि गीतको शब्द पनि उत्तिकै मार्मिक र मनछुने खालका छन ।
जनजिब्रोमा झुण्डिने खालको थेगो चाहिंदैन “पैसाको बिटो”मायाको बोलीले मन जितो बोलको गीतमा अहिले चर्चामा रहेकी मोडल सजिना लामिछानेको अभिनय रहेको छ । लामिछानेले दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन मोडल लामिछाने निर्देशक पनि हुन । यो गीतमा मोडल लामिछानेकै निर्देशन रहेको छ । त्यसैगरी यस गीतका मोडल नव प्रतिभाशाली कलाकार मिलन न्यौपानेको रहेको छ ।
हेर्दै आकर्षक लाग्ने न्यौपानेको पहिलो प्रयास भएतापनि अभिनय प्रखर रहेको छ । यस गीतको भिडियो छायाङ्कन बिपिन चौलागाइले गरेका हुन । सुर संगित रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत ओ एस आरले बजारमा ल्याएको हो । गित संगितको बजारमा निरन्तर अगाडि बढ्दै गरेका खनालले पहिलो दिनमै गीतबाट राम्रो प्रतिक्रिया आएको बताएका छन ।
खनालको गत तीजमा निकालेको जम्काभेट नामक गीतले पनि बजार तताएको थियो । दर्जनौ गीत संगितको साथै खनालका कमेडि सिरियल पनि बजारमा आइसकेका छन । यसैगरी गायिका लक्ष्मि खड्का अहिले गीत संगितमा धमाका पिट्दै छिन ।मिठो आवाज भएकी खड्काले पनि दर्जन गित गाएकी छन अहिले उनको स्वर रुचाउने दर्शकको ठुलो जमात छ । भिडियोको लागि https://youtu.be/Z3-en682SpY मा क्लिक गर्नुहोला ।









तपाईको प्रतिक्रिया