काठमाडौं । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन राउत चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन् । हेलिकप्टरमा १४ जना सवार रहेको बताइएको छ ।
उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो । कुन्नुरको घना जंगलमा सेनाको हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा भारतीय सेनाका अधिकृत सवार थिए । तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो ।









तपाईको प्रतिक्रिया