नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज (शुक्रबार) नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्। खरेलले आज एक भेला आयोजना गरी पार्टी गठनको घोषणा गर्न लागेका हुन्। पछिल्लो समय नेपाल सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा लागेका खरेल दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रम गरी नयाँ दल घोषणा गर्दै छन् ।
राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका छन्। ‘नेपाललाई समृद्ध, सफल र शक्तिशाली देश बनाउने थुप्रै सम्भावनाहरु छन्’, खरेलले भने, ‘तर, हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन। तसर्थ सबै नेपालीको मर्म बुझ्न सक्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्न सक्ने, मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न भेला आयोजना गरेका छौं।’









तपाईको प्रतिक्रिया