काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । उद्यौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा
सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।









तपाईको प्रतिक्रिया