जनकपुरधाम । शिक्षा सुधार अभियान अन्तर्गत श्री आधारभूत निम्न माध्यमिक विद्यालय मानसिंहपटी तेतरियामा अभिभावक शिक्षक ‘पिटिएम ’ बैठक सम्पन्न भएको छ ।
सो बैठकमा सहभागी अभिभावक, शिक्षक र जनप्रतिनिधिले विद्यालयमा गुणस्तरीय शिक्षाका सामुहिक रुपमा प्रयास गर्न संकल्पित भएका छन् ।
सो बैठकमा शिक्षक प्रोत्साहन, शिक्षक प्रशिक्षण, वातावरण मैत्री विद्यालय, विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिको माध्यमले विधार्थीलाई सिकाई र सम्बन्धित निकायद्वारा समय समयमा अनुगमन र मुल्यांकनको आधारमा पुरस्कृत र सम्मान गर्नुपर्ने आवश्यकता माथि जोड दिएका छन् ।
शिक्षा सुधार अभियान अन्तर्गत विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई काँपि, किताबसहितका शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।
यसैगरी बालरोग विशेषज्ञ डा. सतिश शर्माको सहयोगमा बिद्यालयका सम्पूर्ण बालबालिकाहरुको स्वास्थ्य उपचार गरिएको छ ।
विद्यालयका प्राधानाध्यापक श्याम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा सुधार अभियानका दुत द्वव रवि गोयन्का, जागेश्वर यादव, रामकृष्ण ढकाल, अभिभावक श्रीफल यादव, ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादव, शिक्षक रामसुन्दर कामती श्रीकिशोर यादव, लक्ष्मण मण्डल, सुन्दर पासवानसहितको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया