धनुषाको मिथिला नगरपालिका-६ स्थित ढल्केबरबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो रहेका छन् ।
प्रहरीका अनुसार शनिबार शनिबार साँझ महतोसहित पाँचजनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिबासबाट ढल्केबरतर्फ गइरहेका थिए । प्रहरी टोली पुग्दा उनीहरू गाँजा सडकमा फालेर भाग्न खोजेपछि स्कार्पियो दुर्घटना भएको छ ।
‘बसिखोलाको पुलको रेलिङ्गमा उक्त स्करपियो ठोकिन गई दुर्घटना भएपछि पाँचैजना फरार भएका थिए’, ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले भने, ‘खोजतलास गर्ने क्रममा पुलदेखि करिब ५ सय मिटर दक्षिण उखुघारीमा लुकेको अवस्थामा महतो पक्राउ परेका छन् ।’
उनीहरूले फ्याँकेको चारवटा सेतो प्लाष्टिकको बोरामा १९ किलो ५०० ग्राम दुर्घटनामा परेको भारतीय नम्बरप्लेटको गाडीसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले बताए । फरार अन्यको भने खोजी जारी रहेको उनको भनाइ छ ।









तपाईको प्रतिक्रिया