काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा मुक्ताकुमारी यादवले सार्वधिक मत प्राप्त गरेकी छन् ।
मंगलबारसम्म १३ केन्द्रीय पदाधिकारीसहित ८८ सदस्य निर्वाचित हुँदा मुक्ताकुमारीले सार्वाधिक मत प्राप्त गरेकी हुन् ।
मधेसी महिला केन्द्रीय सदस्य चार पदका लागि भएको निर्वाचनमा मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६०, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ ।
समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।









तपाईको प्रतिक्रिया