पछिल्लो २४ घण्टामा २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।
यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।









तपाईको प्रतिक्रिया