शनिवार देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने  तथा  बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै, प्रदेश १ र बागमती  प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।