जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इसाई धर्मका संस्थापक यसु ख्रिष्टको जन्मोत्सवको अवसरमा सम्पूर्ण प्रदेशवासी एवं इसाई धर्मावलम्बीहरुमा ‘क्रिसमस डे’ को शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले ख्रिष्टको जन्मोत्सवको अवसरमा विभेदबाट मुक्ति दिलाउन यसु ख्रिष्टले दिनुभएको योगदानलाई स्मरण गर्दै समाजमा हुने अन्याय, अत्याचार एवं विभेद विरुद्ध लड्ने प्रेरणा सम्पूर्ण देशवासीहरुले ग्रहण गर्ने अपेक्षा गर्नुभएको छ ।
हरेक वर्ष डिसेम्बर २५ तारिखलाई यसु ख्रिष्टको जन्म दिनको अवसरमा धार्मिक र सांस्कृतिक उत्सवका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने ‘क्रिसमस डे’ को अवसरमा मुख्यमन्त्री राउतले सबैमा भाइचारा एवं सौहार्दताको सन्देश प्रदान गर्ने कामनाका साथ कोरोना महामारीको जोखिम अझै पनि कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाउँदै ‘क्रिसमस डे’ मनाउन इसाई धर्मावलम्बीहरुमा अपील समेत गर्नुभएको छ ।









तपाईको प्रतिक्रिया