जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘तमु ल्होसार’ को अवसरमा सम्पूर्ण गुरुङ्ग समुदाय तथा नेपाली दाजुभाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
गुरुङ्ग समुदायले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतमा मनाउने २६०६ औं ‘तमु ल्होसार’ को अवसरमा बिहीबार मुख्यमन्त्री राउतले सम्पूर्णमा शुभकामना व्यक्त गर्नु भएको हो ।
उहाँले, बहुभाषित, बहुजातिय, बहुसाँस्कृतिक मुलुक नेपालमा विभिन्न समुदायले मनाउने पर्वहरुले मुलुकमा सामाजिक एकता कायम हुनुका साथै समृद्ध मुलुक निर्माण गर्ने प्रेरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।









तपाईको प्रतिक्रिया